रवि लामिछाने – ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नलिनु ठूलै गडबड छ

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नै नलिई अधुरो फाईल पेश गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईको बयान लिन आदेश दिएको थियो । तर, सिआईबीले उनीहरुको बयान अझै लिएको छैन । सिआईबीले अनुसन्धानको फाईल अदालतमा पेश गर्ने तयारी गरेको छ ।

‘सिआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ । ठूलै गडबड छ,’– लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।