संसद् अवरोध हटाउन राष्ट्रिय पार्टीका शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् गतिरोध अन्त्यका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

आज (आईतबार) १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल हुने बताइएको छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सात दलले राष्ट्रिय दलको मान्यता पाएका थिए ।

राष्ट्रिय दलमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी रहेका छन् । प्रधानमन्त्री प्रचण्डले यी सात दलका शीर्ष नेताहरुसँग संसद् गतिरोध अन्त्यका विषयमा छलफल गर्न लागेका हुन् ।

सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समितिको माग गर्दै एमालेले तीन हप्तादेखि संसद् अवरुद्ध गरिरहेको छ । एमालेको प्रस्तावअनुसार समिति बनाउन सरकार तयार छैन । समिति बनाउँदा अहिलेसम्म भएका छानविन प्रभावित हुने सरकारले बताउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।