‘जुलेबी’ र ‘हिंड्दा हिंड्दै’ले दुई दिनमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार प्रदर्शनमा आएका नेपाली फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार पहिलो सप्ताहन्तमा समेत यी फिल्मको कलेक्सन एक लाख रुपैयाँ पनि पुगेको छैन ।

राम्रो समीक्षा प्राप्त गरेको गणेशदेव पाण्डे निर्देशित ‘जुलेबी’को ग्रस कलेक्सन शनिबार बेलुकासम्म ९३ हजार रुपैयाँ रहेको बोर्डले जनाएको छ । आकाश श्रेष्ठ अभिनित ‘हिंड्दा हिंड्दै’को दुई दिने कमाइ ७४ हजार रुपैयाँ छ ।

‘जुलेबी’मा सुरक्षा पन्त, सुशील सिटौला, उषा रजक लगायतको अभिनय छ । ‘हिंड्दा हिंड्दै’मा आकाश श्रेष्ठ, रेखा शाह, सानिया खानको अभिनय छ ।

सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि यो फिल्मको ओपनिङ अकुपेन्सी नै कमजोर थियो । यस साता पनि भारतीय फिल्महरु ‘ओएमजी २’ र ‘गदर २’को दबदबा देखिएको छ । पछिल्लो सप्ताहन्तमा यी दुई फिल्मले राम्रो कमाइ गरेका छन् । चलचित्र विकास बोर्डले प्रत्येक तीन-तीन महिनामा औपचारिक रुपमा फिल्मको कमाइ सार्वजनिक गर्ने जनाएको छ ।

भदौदेखि नेपाली फिल्मको बक्स अफिस लयमा फर्किने अपेक्षा गरिएको थियो । तर पहिलो साता नै नेपाली फिल्मको ओपनिङले चुनौती खडा गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।