सांसद सुनिल शर्माको असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग

३ भदौ, काठमाडौं । सभामुखले बोलाएको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २९ साउनको बैठकमा प्रयोग गरेको शब्द असंसदीय हो कि होइन भन्ने बहस भएको छ ।

१० साउनयता अवरुद्ध सदन सञ्चालन गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सरकारलाई आतंककारी भनेको र यो शब्द असंसदीय भएकाले संसदको रेकर्डबाट हटाउनुपर्ने बताए । उनले शर्मा बोलेकै दिन पनि संसदमा नियमापत्ति गरेका थिए ।

शर्माको दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अध्ययन गर्नुपर्नेमा जोड दिइन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका पदम गिरीले भने सांसद शर्माले प्रश्न मात्र गरेकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने मत राखेका थिए ।

बैठकमा कानुननमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । एक सहभागीका अनुसार गुरुङले शर्माले असंसदीय शब्द नबोलेको बताए ।

मोरङ ३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै २९ साउनको संसद बैठकमा भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आंकतकारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको ?’

शर्मालाई नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ साउनमा पक्राउ गरेको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी भोलिपल्ट २६ गते छुटेका थिए

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।