प्रधानमन्त्रीले बोलाएको बैठकमा ओली अनुपस्थित- अरु को गए, को गएनन् ?

काठमाडौं । संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छ । साउन १० गतेदेखि जारी संसदको अवरोध हटाउने मुख्य एजेन्डामा छलफल गर्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेतृत्वसँग राखेको बैठकमा प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको अडानसहित एमालेले गत साउन १० देखि लगातार सदन अवरुद्ध गरिरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी छन् ।

कार्यव्यस्तताका कारण ओली सिंहदरबार नगएको सचिवालयले जनाएको छ । यस्तै, बैठकमा जसपाका प्रतिनिधि पनि छैनन् । शुक्रबार सभामुखसँग भएको भेटमा प्रधानमन्त्रीले एमालेसँग सहमतिका लागि पहल गर्ने बताएका थिए ।

बैठकमा संसदको जारी गत्यारोध अन्त्य गर्न, ऎन कानुन बनाउने र देश र जनताका दैनिक समस्याबारे छलफल गर्ने बेला बन्धक बनेको जनप्रतिनिधिमुलक संस्थाको गरिमा जोगाउन गम्भीर पहल लिने उद्देश्यका साथ छलफल गरिरहेको प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।