ओएमजी–२ सय करोड क्लबमा, नयाँ इतिहास रच्दै गदर–२

मुम्बई । गदर–२ ले बक्स अफिसमा तहल्का मच्चाई रहँदासँगै रिलिज भएको ओएमजी–२ ले पनि १ सय करोड क्लबमा इन्ट्री बनाएको छ । चलचित्रले शनिबार १०.५३ करोड भारतीय रुपैयाँ कमाउँदै सो आँकडा पार गरेको हो । चलचित्रले हालसम्म १०१.६१ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उता, गदर–२ को आम्दानीमा शनिबार वृद्धि देखिएको छ । चलचित्रले एकै दिन ३१.०७ करोड भारु कमाएको हो । ९ दिनमा चलचित्रको कूल आम्दानी ३३६.२० करोड भारु पुगेको छ । यो आँकडा आफै ऐतिहासिक हो । दोस्रो शनिबार सबैभन्दा धेरै आम्दानी गर्ने गदर–२ पहिलो चलचित्र हो । यसअघि बाहुबलीले–२ को हिन्दी संस्करणले रिलिजको दोस्रो शनिबार २६.५ करोड भारु कमाएको थियो ।

चलचित्रले अब ४ सय करोडको कोशेढुंगा पार गर्ने देखिएको छ । सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा चलचित्र हाल आठौँ स्थानमा छ । यो सूचीको शीर्ष स्थानमा ५४३.०५ करोड भारुसहित पठान रहेको छ । त्यसपछि ५१०.९० करोड भारुसहित बाहुबली–२ दोस्रो र ४३४.७० करोड भारुसहित केजीएफ–२ रहेको छ । त्यसपछि क्रमशः यो सूचीमा दङ्गल, सञ्जू, पीके र टाइगर जिन्दा हे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।