पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : मन्त्री किराती

काठमाडौँ, ३ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताउनुभएको हो ।

“लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ”, उहाँले भन्नुभयो । पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको बताउनुभयो । पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उहाँको भनाइ थियो ।

उहाँले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उहाँले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल प्रहरीले युनाईटेड नेशन (युएन)मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिरहेको उहाँको भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

विस २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

हाल देशभर दुई सय ३९ पर्यटक प्रहरीको जनशक्ति छ । विस २०७१ को प्रहरी नियमावलीमा व्यवस्था गरेअनुसार पर्यटक प्रहरीलाई तालिम प्रदान गरिँदै आएको छ । पहिलो चरणको तालिममा देशभरका ३० पर्यटक प्रहरीले सहभागी थिए । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।