संसद् खुलाउने विषयमा भोलिसम्म सहमति जुट्छः रवि लामिछाने

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय छानविन समितिको माग गर्दैगर्दा भईरहेको अनुसन्धान प्रभावित नहोस् भन्ने कुरा ख्याल राख्न पर्ने बताएका छन् । आज (आईतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा बोलाएको राष्ट्रिय दलका नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संवाद गर्दै उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले मागेको समय अब १५ दिनमात्रै बाँकी रहेको अवस्थामा सिआईबीलाई काम गर्न दिनुपर्ने बताएका हुन् ।

‘भईरहेको अनुसन्धान कुनै पनि ढंगले प्रभावित नहोस् र अनुसन्धान अधिकारीलाई कुनै पनि ढंगले दवाब नहोस् भन्ने किसिमले मध्येनजर राख्नुपर्ने हुन्छ । गृहमन्त्रीले माग्नु भएको समयमा १५ दिन बाँकी रह्यो । हाम्रो लाईन चाहिँ के भने जेजस्तो भएपनि समिति बन्न सक्छ भने समिति बनाउँदा पनि फरक परेन । नबन्दा पनि सिआईबीले काम गरेको छ,’– उनले भने ।

संसद्लाई कुनै दलले पनि अवरुद्ध गर्न नहुृने उनको भनाई छ । आवश्यक छलफल संसद्मै गरेर टुंगोमा पुग्नुपर्ने उनले बताए । रास्वपाले सदन खुलाउन पर्ने विषयमा जोडदार रुपमा माग गरिरहेको बताउँदै उनले भोलिसम्म निष्कर्षमा पुग्ने बताए ।

‘संसद्मा प्रश्न गर्न पाउन पर्यो । तर, संसद् चाहिँ अवरुद्ध हुन भएन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको लाईन हो । जे छलफल गर्न छ त्यो सबै सदनमा गरौं । भोलि सहमतिमा पुग्छौं भन्ने मलाई विश्वास छ,’– उनले भने ।

आज बसेको राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठकमा निष्कर्षविहीन बनेपछि बोलि अपराह्न ४ बजेका लागि पुनः बैठक बोलाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।