५६ करोड ऋण नतिरेपछि सनी देओलको घर लिलामी हुने

काठमाडौं । सनी देओल यतिबेला जताततै चर्चामा छन् । उनको पछिल्लो फिल्म ‘गदर २’ले हलमा धमाकेदार कमाइ गरिरहेको छ । गत हप्ता हलमा रिलिज भएको यो फिल्मले ९ दिनमै यति कमाई गरेको छ कि यो बलिउडको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ ।

सन् ९० को दशकमा बलिउडका सबैभन्दा ठूला स्टार मध्येका एक भएका सनीले मध्य दुई दशकमा निकै संघर्ष देखे र उनका फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकेनन् । अब अन्ततः ‘गदर २’ ले उनलाई त्यो भव्य सफलता देखाएको छ, जुन उनले लामो समयदेखि प्रतिक्षा गरिरहेको हुनुपर्छ ।

तर एकातिर सनीको फिल्मले हलमा ठूलो कमाई गरिरहेको छ भने अर्कोतिर वास्तविक जीवनमा उनको एउटा ठूलो सम्पत्ति लिलामीको धम्की आएको छ । सनीले बैंकको ठूलो ऋण तिर्नुपर्ने थियो, जसको असुलीका लागि बैंकले अहिले उनको मुम्बईको सम्पत्ति लिलामी गर्न विज्ञापन निकालेको छ ।

बैंक अफ बडोदाले सनी देओलको भिल्लाको लिलामीका लागि विज्ञापन जारी गरेको छ । सनीले बैंकबाट ठूलो ऋण लिएका थिए । यो ऋणका लागि उनले मुम्बईको जुहु क्षेत्रमा रहेको ‘सनी भिल्ला’ नामक आफ्नो भिल्ला धितोमा दिएका थिए । बैंकलाई करिब ५६ करोड रुपैयाँ तिर्नुपर्ने थियो, जुन अहिलेसम्म तिरेका छैनन् ।

यो ऋण र त्यसमा लाग्ने व्याज असुल गर्न बैंकले यो सम्पत्ति लिलामी गर्ने निर्णय गरेको हो । बैंकको विज्ञापनमा ‘सनी भिल्ला’को लिलामी सेप्टेम्बर २५ मा हुने उल्लेख छ । यस लिलामीका लागि सम्पत्तिको आरक्षित मूल्य ५१.४३ करोड रुपैयाँ राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖