शैक्षिक गुणस्तर सुधार्न सामुदायिक विद्यालयहरु मर्ज गर्नुपर्ने बेला आएको छ : आरजू देउवा

धनगढी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले विशेष रणनीति अपनाउनुपर्ने बताएकी छन् । उनले निजी शिक्षण संस्थाको नतिजा उत्कृष्ट भइरहेका बेला सामुदायिक विद्यालयको गुणस्तर खस्कनु चिन्ताको विषय भएको बताइन् ।

आइतबार कैलालीको धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट सम्बन्धी सूदुरपश्चिम प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सामुदायिक विद्यालयले जस्तो किसिमको गुणस्तरीय शिक्षा दिनुपर्ने हो, हामी त्यसमा चुकिरहेका छौं । सरकारको प्रतिवद्धता छैन भने त्यो पनि होइन । बजेट छैन भनौं, बजेट पनि छ । तालिम पनि छ । तर सोचेजस्तो अपेक्षाकृत नतिजा आइरहेको छैन ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालय मर्जर गर्नुपर्ने बेला आइसकेको बताइन् ।

‘निजी विद्यालयको नतिजा राम्रो छ तर सामुदायिक र सरकारी विद्यालयहरु खुम्चिरहेका छन् । यसले गर्दा सामुदायिक विद्यालयहरु मर्जर गर्नुपर्ने बेला आइसकेको छ’, उनले भनिन्, ‘सरकारी स्रोत साधनबाट कसरी उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्नेमा हामी लाग्नुपर्नेछ ।’

उनले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । रानाथारु समुदायमा नेपालमै उच्च शिक्षा हासिल गर्नेको संख्या न्यून रहेको उल्लेख गर्दै उनले भनिन्, ‘युवा विदेश पलायन डरलाग्दो अवस्था छ । यो चुनौतिलाई कसरी निकास दिन सकिन्छ भन्नेमा सरकारले काम गर्नुपर्छ । एडुकेसन कन्सलटेन्सी साँच्चिकै कन्सलटेन्सी हुन् कि म्यानपावर कम्पनी ? यसबारेमा अध्ययन गर्न जरुरी छ ।’

उनले नेपालमै पढ्दापढ्दै विद्यार्थीले कमाउने व्यवस्था गर्न सके युवाहरु स्वदेशमै बस्न सहयोग पुग्ने विश्वास गरिन् । ‘विद्यार्थीको चाहना पनि यहि हुन्छ अनि अभिभावक पनि यही चाहन्छन्’, उनले भनिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।