कोशीमा एमाले र राप्रपाका ९ जेठा सांसद भोलि एकसाथ बिदामा बस्ने भएपछि उद्धव थापाको सरकारलाई आपत् !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरुले निवेदन दिएका छन् । कोशी प्रदेश संसद सचिवालय कार्यव्यवस्था शाखामा उनीहरुले घरायशी कारण देखाएर आज बेग्लाबेग्लै निवेदन दर्ता गराएका हुन् ।

कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले निवेदन दर्ता गराएको जानकारी दिए । उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन् । अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताए ।

यस्तै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन् । सत्ता गठबन्धनले गयानन्द मण्डललाई मन्त्री बनाएपछि एमाले र राप्रपाका सांसदहरु प्रदेशसभामा ज्येष्ठ सदस्यको लाइनमा छन् । उनीहरुपछि नेपाली कांग्रेसका अमृत अर्यालको पालो आउँछ । अर्यालभन्दा ज्येष्ठ सदस्य रहेका उद्धव थापा मुख्यमन्त्री र कमलप्रसाद जवेगु मन्त्री भएकाले उनीहरुले सभा चलाउनु पर्दैन ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भोलि विश्वासको मत लिने कार्यसूची तोकिएको छ । प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनसक्ने चर्चा चलिरहेको बेला एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु अनुपस्थित हुने भएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने एमाले र राप्रपाको योजना छ । प्रदेशसभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ ।

तर, प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।