सन्दिप विना एसिया कपका लागि बन्द प्रशिक्षणमा नेपाली टीम

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टीमको बन्द प्रशिक्षण आजबाट सुरू भएको छ । स्टार स्पिनर सन्दीप लामिछाने भने प्रशिक्षणमा सहभागी छैनन् ।

प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरू हुनभन्दा ९ दिनअघि १७ सदस्यीय टीमको प्रशिक्षण थालेका हुन् । नेपाली टीमलाई बुधबार पाकिस्तान पठाउने तयारी छ ।

सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टीममा छन् । तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेपछि सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् । उनी अरूसँगै बुधबार जाने सम्भावना न्यून छ । नेपाल क्रिकेट संघ क्यानले उनलाई सँगै जान मनाउने प्रयास गरिरहेको छ ।

नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।