नारायणकाजीलाई सुशासनभन्दा मन्त्री पद किन प्यारो भो ?

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले प्रमुख प्रतिपक्ष नेकपा एमालेको हठका कारण लोकतन्त्र नै मर्ने अवस्था आएको आरोप लगाएका छन् ।

‘अहिले देशमा सुन तस्करी मात्र छैन । विपद्, लम्पी स्किन, महँगीलगायतका अनेक समस्या छन् । त्यो छलफलको थलो संसद् हो । संसद् भनेको लोकतन्त्रको इन्जिन हो, मुटु हो । तर संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र नै मर्ने अवस्था आएको छ । सदन बन्द गरी भत्ता खाएर बस्ने कुरा हुनै सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

डा. पोखरेलले संसद्लाई बन्धक बनाइरहनु गैर राजनीतिक र गैर लोकतान्त्रिक कदम भएको टिप्पणी पनि गरे । उनले भने, ‘मुलुकमा सुशासनको खिल्ली उडाइएका बेला संसद्लाई बन्धक बनाउनु गैरराजनीतिक काम हो । एमालेले यो नाटक किन गरिरहेको ? किन बालहठ गरेको ? न्यायिक समिति आवश्यक हो भने संसद्मै औचित्य पुष्टि गर्नुपर्छ । सीआईबीले अनुसन्धान गर्दै जाँदा हामीलाई पनि समात्छ भनेर एमाले डराइरहेको त होइन ?’

साथै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अनुसन्धान गरिरहेको निकायमा हस्तक्षेप गरेको आरोप पनि लगाए । डा. पोखरेलले भने, ‘अहिले शेरबहादुर देउवाले गृहमन्त्रीलाई हटाउन दबाब दिएको समाचार आइरहेको छ । त्यस्तो हो भने उहाँ संसद्मा गएर किन बोल्न्हुन्न ? मुलुकमा सुशासन कायम गर्नुभन्दा उहाँलाई मन्त्री पद प्यारो किन छ ? अनुसन्धान गरिरहेका अधिकारीको सरुवा र अनुसन्धान प्रक्रिया हस्तक्षेप गरेका कारण गृहमन्त्रीको भनाइमा विश्वास गर्ने आधार छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।