बोराभित्र राखेर भारत लैजाँदै गरेका बालबालिकाको उद्धार, बालबालिका रोएपछि पक्राउ परे चोर

काठमाडौं : बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको बाराको सीमावर्ती गाउँपालिका देवतालबाट उद्धार गरिएको छ। देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोराको उद्धार गरिएको हो। उद्धारपछि सशस्त्र प्रहरीले उनीहरुलाई अभिभावकको जिम्मा लगाएको छ। बालबालिकालाई बोरामा बन्द गरेर सीमा कटाउँदै गरेका भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नम्बर ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको छ।

भारततर्फ लैजाने क्रममा बोराभित्रबाट बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। जाँचका क्रममा बोराभित्र बालबालिका फेला परेपछि आलमलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।