सिआईबी नारायणकाजीको सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भयोः सूर्य थापा

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) गृहमन्त्री नारायणकाजी श्रेष्ठको सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भइरहेको टिप्पणी गरेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेश कार्यान्वयन गराउने सन्दर्भमा सिआईबीले नारायणकाजीको आदेश विना ठाडो शीर लगाएर हेर्न पनि नसकेको उनको आरोप छ । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सिआईबीले आहिले नारायणकाजीको आदेश अनुसार मान्छे समाउने र अनुसन्धान गर्ने गरेको बताए ।

‘सिआईबी अहिले नारायणकाजी श्रेष्ठको हवल्दारी निकायका रुपमा, उहाँलाई सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भयो । सिआईबीले केही राम्रो काम गरेन । सर्वोच्च अदालतले आदेश गर्यो, ललिता निवास प्रकरणमा संलग्न माथिल्लो तहका मान्छेहरु पनि छानविनको दायरामा ल्याउ । सिआईबीले ठाडो शीर लाएर हेर्न सक्यो ?’ प्रश्न गर्दै उनले भने, ‘नारायणकाजीले जो जसलाई बयान लेउ भन्यो बयान लिइराखेको छ, जो जसलाई रोक भन्यो, रोकेको छ । त्यसमा बेला–बेला डाइरेक्टरको भूमिका पुष्पकमल दाहालले पनि निर्वाह गरिरहनु भएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।