सीआईबीले पूर्व प्रधानमन्त्रीद्धयसँग घरमै पुगेर लियो बयान, आजै अनुसन्धान प्रतिवेदन पेश गर्ने

काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ।

पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्न त्यहाँ रहेको जग्गा मोहीलाई सट्टा भर्नामा दिने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले उक्त प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सिआईबीले पूर्वप्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वर पुगेर बयान लिएको हो।

साथै, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सिआईबीले बयान लिएको छ। भट्टराईको बयानका लागि सिआईबीको टोली उनको निवास टोखा पुगेको थियो।

उनीहरूको बयानपछि सीआईबीले आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।

यो प्रकरणमा सीआईबीले अहिले १८ जनालाई हिरासतमा राखेर सङ्गठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

यसअगाडि सीआईबीले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँगपनि बयान लिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।