अन्तत: लिलामी नहुने भयो सन्नी देओलको घर

अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको छ ।

यसअघि बैंकले ५६ करोड ऋण ई–लिलामीमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने तयारीमा थियो ।

बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाको ५५.९९ करोड भारुको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।

बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ सन्नी देओल’ को सम्पत्तिको ई–लिलामीको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।

कांग्रेस नेता जयराम रमेशले बैंकको यो बदलिएको निर्णयप्रति प्रतिक्रिया दिँदै भनेका छन्, ‘हिजो दिउँसो देशलाई थाहा भयो कि बैंक अफ बडोदाले भाजपा सांसद सन्नी देओलको जुहुस्थित घरको ई–लिलामीको सूचना दियो, किनकि उनले बैंकलाई ५६ करोड भारु तिरेनन् । आज बिहान, २४ घण्टा भित्र, राष्ट्रले थाहा पाएको छ कि बैंक अफ बडोदाले ‘प्राविधिक’ कारणले गर्दा आफ्नो लिलामी सूचना फिर्ता लिएको छ । यो ‘प्राविधिक’ समस्या कसका कारण आयो, त्यो सोचमग्न कुरा हो । ’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।