माइकल ज्याक्सनविरुद्धको यौन दुर्व्यवहारसम्बन्धी मुद्दा ब्युँतिने

काठमाडौं । दिवंगत अमेरिकी पपस्टार माइकल ज्याक्सनविरुद्धको यौन दुर्व्यवहारको मुद्दा पुनः चल्ने भएको छ । एक अमेरिकी अदालतका न्यायाधीशले ज्याक्सनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका भनिएका दुई जना पुरुषले ज्याक्सनको कम्पनीविरुद्ध मुद्दा चलाउन सक्ने राय सुनाएका हुन् ।

वेड रोबसन र जेम्स सेफचक, दुवै जनाले ४० को दशकमा आफू किशोर हुँदा ज्याक्सनले वर्षौंसम्म आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । बीबीसीका अनुसार अब उनीहरुले ज्याक्सनको कम्पनीविरुद्ध मुद्दा चलाउन सक्छन् किनभने उनीहरुको सुरक्षाको जिम्मेवारी कम्पनीको पनि थियो ।

तर सन् २००९ मा निधन भएका गायक ज्याक्सनका वकिलले भने उनी निर्दोष रहेको बताउँदै आएका छन् । रोबसन र सेफचकले उनीहरुलाई सन् १९८० को दशकको अन्त्य र सन् १९९० को सुरुमा नेभरल्याण्ड खेतमा ज्याक्सनले यौन दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

यो आरोपलाई सन् २०१९ को डकुमेन्ट्री ‘लिभिङ नेभरल्याण्ड’मा पनि चित्रण गरिएको थियो जसले ज्याक्सनको परिवारलाई ‘सार्वजनिक लिन्चिङ’को रुपमा वर्णन गरेको थियो । सन् २०२० मा लस एन्जलसका न्यायाधीशले कम्पनीले उनीहरुको हेरचाह गर्ने कर्तव्य नभएको भन्दै सेफचुकले ज्याक्सनको व्यवसायमा मुद्दा हाल्न नसक्ने निर्णय सुनाएका थिए । एक वर्षपछि तिनै न्यायाधीशले सोही आधारमा रोबसनविरुद्ध फैसला सुनाएका थिए ।

तर शुक्रबार क्यालिफोर्नियाको एक अदालतले पहिलेको निर्णयप्रति असहमति जनाउँदै आदेश दिएको छ । जसमा अपराधीको स्वामित्वमा भएको कम्पनीले बालबालिकालाई बचाउने सकारात्मक कर्तव्यबाट भाग्न नहुने र यौन दुर्व्यवहारलाई सहयोग पुर्‍याउन नहुने फैसला सुनाएको हो ।

सेफचक र रोबसनका वकिल भिन्स फिनाल्डीले भने, ‘अदालतले पहिलेका मुद्दाबारेको गलत निर्णयलाई उल्टाएको छ, जुन क्यालिफोर्नियाको कानुनको विरुद्ध थियो र यसले बालबालिकालाई जोखिममा पार्न सक्ने खतरनाक उदाहरण स्थापित गरेको थियो ।’

ज्याक्सनको सम्पत्तिका लागि नियुक्त गरिएका वकिल जोनाथन स्टेनसापिरले चाहिं ज्याक्सन पूर्ण रुपमा निर्दोष रहेको कुरामा आफू विश्वस्त रहेको र यसलाई सबै विश्वसनीय प्रमाणले पुष्टि गर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।