सन्नी देओलको गदर– २ ले शाहरुख खानको पठानलाई पछि पार्‍यो

बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको छ ।

अगस्ट ११ मा रिलिज भएको गदर–२ ले रिलिजको दोस्रो साता (शुक्रवारदेखि आइतबारसम्म) मा ९०.४७ करोड भारु कमायो ।

यतिबेला गदर–२ ले धेरै सफल फिल्मको कीर्तिमानलाई पछाडि पार्‍यो । वर्षको सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ले दोस्रो साताको अन्त्यमा ६३.५ करोड कमाएको थियो ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार दोस्रो सप्ताहन्तमा प्रभासको ‘बाहुबली–२’ ले ८०.७५ करोड, यशको ‘केजीएफ–२’ ले ५२.४९ करोड, आमिर खानको ‘दंगल’ ले ७३.७ करोड र रणवीर कपूरको ‘सञ्जु’ ले ६ करोड ७९ करोडको कारोबार गरेको थियो ।

गदर–२ ले शुक्रवार २०.५ करोड, शनिवार ३१.०७ र आइतबार ३८.९ करोडको व्यापार गरेको छ ।

गदर–२ सन् २००१ मा रिलिज भएको गदर–एक प्रेम कथाको सिक्वेल हो । यो चलचित्रलाई समीक्षक र फ्यान दुवैले मन पराएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖