प्रचण्डसँगको फोन संवादमा ओलीले भने सर्वदलीय बैठकमा आउँछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको संवादपछि साँझ ७ बजेका लागि सर्वदलीय बैठक सारिएको छ । फोन संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖