ओली-रावल यसरी लामो समयपछि सार्वजनिक समारोहमा एकै ठाउँ देखिए

काठमाडौं । करिब २० महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा ओली र रावल एउटै समारोहमा देखिएका हुन् ।

०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग रावल भिडेपछि उनीहरुबीच दूरी बढेको थियो । आफूसँग अध्यक्ष लडेपछि रुष्ट बनेका ओलीले गत मंसिरमा भएको निर्वाचनमा टिकट दिएनन् ।

ओलीले आफूलाई टिकट नदिएपछि रावलले ओलीविरुद्ध चर्को आक्रोश पोखे । ओली र रावलबीच बढ्दो तिक्तत्ता अन्त्य गर्न गत चैतमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो । त्यही कार्यदलको प्रयासमा ओली र रावलबीच गत साता मात्रै लामो समयपछि भेट भएको थियो ।

भेटलाई सकारात्मक दिशमा अघि बढेपछि आज ओली र रावल सार्वजनिक कार्यक्रममा पनि सँगै देखिएका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, एमाले नेता लेखराज भट्टसहित सुदुरपश्चिमका नेताहरु पनि सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।