कोशीका मुख्यमन्त्रीलाई राप्रपाको जवाफ- तपाईंको हैन, हाम्रो रणनीतिअनुसार सत्तारोहण गर्ने हो

काठमाडौं । राप्रपाले कोशीको मुख्यमन्त्री उद्धव थापालाई आफूहरुले आफ्नै रणनीतिअनुसार सत्तारोहण गर्ने जवाफ दिएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत थापालाई आफूहरुले आफ्नो रणनीतिअनुसार सत्तामा जाने बताएका हुन् । उनले लेखेका छन्, ‘राप्रपाले सत्तामा नजाने भनेर कसम पनि खाएको छैन है । आवश्यकता अनुसार सत्तामा जान पनि सकिन्छ तर तपाईंको रणनीतिमा होइन हाम्रो रणनीति अनुसार सत्तारोहण गर्ने हो । हिजो पनि त्यसै ग¥यौ, भोलिका दिनमा पनि त्यसै गर्छौं ।’

थापाले आज प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गरेका छन् । उनले असंवैधानिक रुपमा सभाध्यक्षको समेत मत लिएपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।