अब त अति भयो, इनफ इज इनफ :एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले सत्ता गठबन्धनले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप लगाएका छन् । उनले सत्ता गठबन्धनको व्यवहारको कारण अब अति भयो भन्नुपर्ने भएको टिप्पणी गरेका छन् ।

उनले संविधानले सभामुखको भूमिका तटस्थ र निश्पक्ष हुने मान्यता आत्मसात् गरेको उल्लेख गरेका छन् । तर, कोशी प्रदेशमा गठबन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गरेको उनले स्मरण गराएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्-

संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो– अव त अति भयो ।
संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको छ । तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्यो । अदालतले सरकार गठनमा सभामुखको भूमिकालाई असम्वैधानिक करार गरेपछि सभामुखलाई नै राजिनामा गराएर सभामुख विहिनताको स्थितिमा सरकार गठनको दावी प्रस्तुत गरियो । जवकी सरकार गठनको प्रकृया अघि बढाउनुपूर्व प्रदेशसभाको नेतृत्व चयनको प्रकृया अघि बढाउनु पर्दथ्यो ।

गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्दथ्यो । तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहिनताको अवस्था सिर्जना गर्यो। जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै गरेको छैन ।

विश्वासको मत लिने सन्दर्भमा समेत सत्ता गठवन्धनले सम्विधानको हुर्मत लिने काम गरेको छ । सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मत सच्याउने समयमा मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गरेका छन् । जवकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।

यसरी पटक पटक सम्विधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावीगर्नु ’सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एकस्वरमा भनौ–’इनफ इज इनफ’।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।