चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ ः प्रधानमन्त्री

काठमाडौँ, ५ भदौ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु।”

चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिनुभएको हो । सो प्रतिनिधिमण्डलमा दुई जिल्लाका मध्यवर्ती क्षेत्रका जनप्रतिनिधि तथा बासिन्दासहित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रकुमार बाँनिया हुनुहुन्थ्यो ।

सो प्रतिनिधिमण्डलले निकुञ्ज क्षेत्रबाट निस्केका वन्यजन्तुले मध्यवर्तीवासीलाई दुःख दिएको, निकुञ्ज क्षेत्रका नदीजन्य पदार्थ प्रयोगमा समस्या भएको, जग्गा नापजाँचमा समस्या भएको जस्ता समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका जनताको समस्या सम्बोधन हुन्छ । तत्काल वन तथा वातावरण तथा भूमिसुधार मन्त्रालय, मुख्यसचिव, सचिवसहितको छलफल राख्छु । छफलबाट समस्या सम्बोधन हुनेमा म विश्वस्त छु ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।