राष्ट्रियसभाको बैठक सारियो

काठमाडौँ, ५ भदौ : राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।