एमाले लुम्बिनीको अधिवेशनको यस्तो छ तयारी

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारीका लागि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालसहितको प्राविधिक टोलीले कार्यक्रमस्थल अवलोकन गरी तयारी गरेको छ ।

बुटवलमा यही भदौ १६ र १७ गते हने प्रथम प्रदेश अधिवेशनलाई तीव्रता दिएको एमालेले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विभित्र तयारी गरेको छ । सोही क्रममा मञ्च व्यवस्थापन, उद्घाटन सत्र तथा बन्द सत्र सञ्चालनका लागि प्राविधिकको टोलीले अवलोकन गरेको हो ।

मञ्चमा वक्तालाई उपस्थित नगराउने, अतिथि आसन ग्रहण नगराउने नेकपा एमालेको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयन हुने बताउँदै सचिव अर्यालले सोही अनुसार मञ्च व्यवस्थापन गर्न सुझाव दिएकी छन् । ‘यो अधिवेशन पहिलो सार्वजनिक र ठूलो कार्यक्रम हुनेछ जुन कार्यक्रमले पार्टी केन्द्रको निर्णयलाई कार्यन्वयन गर्दै ऐतिहासिक र रचनात्कम सन्देश दिने छ’, अर्यालले भनिन् ।

अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जन बढी पदाधिकारी सहभागी हुने भएपनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको रोहमै रहने बताएकी हुन् । कुल ८२ हजार ३०३ पार्टी सदस्य रहेको लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार प्रतिनिधि छनोट हुने एमालेले जनाएको छ ।

जसको लागि यही भदौ ९ गते १०९ वटै पालिकाबाट एकैपटक प्रतिनिधि चयन गर्दैछ । अधिवेशनमा मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिस रहने अर्यालले बताइन् ।

‘सकेसम्म सर्वसम्मत् नेतृत्व छानौं भन्ने हो, यदि त्यसो हुन सकेन भनेपनि लोकतान्त्रिक विधिको प्रयोग गरी स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो खुल्ला रहन्छ’, उनले भनिन् । निर्वाचनमा जाँदा कार्यकर्ताहरुको मन र भावना विभाजित नहोस् भन्ने तर्फ पार्टी पंक्ति सचेत रहेको भन्दै उनले सर्वसम्मत् हुन नसके पार्टी नेतृत्वले कुनै जवर्जस्ती नगर्ने उनको भनाइ छ ।

‘नेतृत्वका लागि कसैले इच्छा देखाउनुहुन्छ भने उहाँको इच्छालाई पार्टी नेतृत्वले दबाउँदैन, इच्छुकले लोकतान्त्रिक विधिअनुसार स्वस्थ प्रतिष्पर्धा गर्न सक्नुहुन्छ’ अर्यालको भनाइ छ ।

अर्यालले अधिवेशनले लुम्बिनीमा पार्टीले लिने कार्यदिशा, सांगठनिक अनुशासन र पार्टीपंक्तिलाई परिचालन गरी जनतासँग एकाकार गर्ने कुरामा नयाँ मार्गनिर्देश गर्ने पनि बताइन् । वर्षा र गर्मीयामको समयलाई मध्यनजर गर्दै ठूलो जनसहभागिता नजुटाई अधिवेशन गरिने उनले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।