सन्दीपले एसिया कप खेल्नेछन्, ढिला टीम ज्वाइन गर्न अनुमति दिनुपर्छ: प्रशिक्षक देसाई

काठमाडौं । नेपाली क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कप खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले परिस्थितिजन्य कारणले सन्दीप ढिला पाकिस्तान जाने संकेत गरे ।

नेपाली टीम एसिया कपका लागि भोलि पाकिस्तान प्रस्थान गर्दैछ । सन्दीप भने भोलि नजाने भएका छन् । यस विषयमा आज नेपाल क्रिकेट संघको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेल र प्रशिक्षक देसाईलाई सोधिएको थियो ।

रोहितले सन्दीपको विषयमा एकिन जानकारी नरहेको बताए । तर, यदि उनी अनुपस्थित भए टीममा ठूलो प्रभाव पर्ने पौडेलको भनाइ थियो ।

‘एकदम ठूलो प्लेयर हुनुहुन्छ । उहाँ नहुँदा टीममा धेरै असर पर्छ । स्यान्डी दाइलाई रिप्लेस गर्न कठिन हुन्छ । अहिले केही कन्फर्म छैन’, पौडेलले भने ।

तर, पौडेललाई रोक्दै प्रशिक्षक देसाईले भने, ‘आई डन्ट थिंक सो । हामी साउथ अफ्रिका जाँदा पनि सन्दीप ढिला आएका थिए । ऊ विश्वकप क्वालिफायरमा पनि गएको थियो । यो एउटा फरक परिस्थिति हो । यसलाई बुझ्नुपर्छ । हामीलाई थाहा छ कि ऊ एउटा च्याम्पियन क्रिकेटर हो । हामी डे«सिङ रुममा प्रार्थना गरिरहेका छौं कि सत्यको जीत होस् । फैसला आएपछि एउटा रिलिफ हुनेछ । फरक परिस्थितिको सामना गरिरहेको हुँदा उसलाई अलिकति स्पेस दिनुपर्छ । बीचमा उसको तारिख छ भन्ने सुनेको छु, जसमा उसले उपस्थित हुनुपर्छ । त्यसैले ढिलाइका लागि अनुमति दिनुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।