विप्लवका कारण प्रधानमन्त्री प्रचण्ड तनावमा, भोलिबाट एमसिसी खारेजीको आन्दोलन

काठमाडौं, ५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसिसी खारेजीको माग राखेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले एमसिसी कार्यान्वयनको मुखैमा एक विज्ञप्ती जारी गरेर उक्त सम्झौता कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् । यो बीचमा विप्लवले प्रचण्डसँग सहकार्यको प्रयास गरेका छन् । माओवादी केन्द्र र नेकपाबीच एकताको गृहकार्य भैरहेको पनि चर्चा छ । तर, अहिलेसम्म एकताबारे ठोस निर्णय भने भएको छैन् । तर, दुवै नेताले सहकार्यको थालनी गरेका छन् । उनीहरु समाजवादी मोर्चामा छन् ।

पार्टी एकतासम्मको तयारी थालेका विप्लवले एकाएक एमसिसी कार्यान्वयनमा लगिए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहाल तनावमा पुगेका छन् । नेकपाले एमसीसी र सरकारबीच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न लागेको भन्दै यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्ण रुपले अस्वीकार्य एवं असैह्य रहेको उल्लेख गरेको छ । मंगलबार पे्रस विज्ञप्ति जारी गर्दै नेकपाले एमसीसी अमेरिकी साम्राज्यवादी शासक गुटकाविरुद्ध सम्पूर्ण रुपले प्रतिरोध संघर्षमा उत्रिने चेतावनी दिएको हो ।

नेकपाले भोलिबाटै आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। भोलि (बुधबार) भदौ ६ गते देशव्यापी बालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम र १२ गते नुवाकोट, तनहुँमा एमसीसीबारे अन्तरक्रियाका कार्यक्रम सार्वजनिक गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।