राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबिच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।

हिजो दिउँसो २ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।