सरकारले नै सुनको धन्दा गर्छ भन्ने प्रस्ट भयो : शङ्कर पोखरेल

सुर्खेत। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’अन्तरक्रिया‌ कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए ।

उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ ।

ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआइबीको आलोचना गरे । सरकारले सुशासनको गफ हाँके पनि निष्पक्ष रूपमा काम गर्न नसकेको उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।