भावी पति मेरो बुवाजस्तै बन्न जरुरी छ

काठमाडौं । आयुष्मान खुराना र अनन्या पाण्डेको फिल्म ‘ड्रिम गर्ल २’ शुक्रबार रिलिज हुँदैछ । व्यवसायिक जीवनबाहेक अनन्या पाण्डे हिजोआज अभिनेता आदित्य रोय कपुरसँगको सम्बन्धका कारण चर्चामा छिन् ।

यसक्रममा ‘ड्रीम गर्ल २’को प्रमोसनका क्रममा मिडियासँगको अन्तर्वार्तामा अनन्याले आफ्नो जीवनसाथीको बारेमा धेरै कुरा बताएकी छिन् । यी सबै गुण आफ्नो भावी पतिमा भएको अभिनेत्रीले बताइन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा अनन्यालाई उनका बुवा चंकी पाण्डेले उनको लागि कस्तो पति चाहन्छन् भनेर सोधिएको थियो । जवाफमा अनन्याले ठट्टा गर्दै भनिन्, ‘मलाई लाग्छ, मेरो बुवाले मलाई आइडल पति छान्नका लागि धेरै मापदण्ड राख्नुभएको छ । तिनीहरूलाई पार गर्न कसैलाई गाह्रो हुनेछ ।’

आफ्ना भावी पतिका गुणबारे कुरा गर्दै अनन्याले आफूले जीवनसाथीबाट गर्ने अपेक्षाबारे कुरा गरेकी छन् । उनले भनिन्, ‘मेरो पार्टनर मेरो बुबा जस्तै दयालु, मायालु र हँसाउन सक्ने हुनुपर्छ । यी गुण मेरो लागि उत्तम छन् । मेरो बुबा मेरो लागि सबैभन्दा राम्रो व्यक्ति हुनुहुन्छ, त्यसैले मेरो साथी उहाँ जस्तै हुनुपर्छ ।’

कुराकानीका क्रममा अनन्याले केही समयदेखि आफ्नो कुनै पनि फिल्म रिलिज नभएको बताइन् । यही कारण उनको व्यक्तिगत जीवनमा मानिसले बढी ध्यान दिने गरेका छन् । अनन्याले आफ्ना आगामी प्रोजेक्टमार्फत ‘अनस्क्रिन’ उपस्थितिलाई परिवर्तन गर्ने र दर्शकले उनको कामलाई मन पराउने समेत बताइन् ।

अनन्याको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा, उनी चाँडै फरहान अख्तरको ‘खो गए हम कहाँ’ र विक्रमादित्य मोटवानेको ‘साइबर थ्रिलर कन्ट्रोल’मा देखिने तयारीमा छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।