सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

विराटनगर, ६ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो ।

जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट सञ्चालन गर्न प्रतिपक्ष दलका नेतालाई आग्रह पनि गर्नुभयो ।

सरकारले हालै विश्वासको मत लिने प्रक्रियालाई लिएर विपक्षी दल नेकपा (एमाले) सर्वोच्च अदालत जाने भन्ने विषयमा गरिएको प्रश्नमा उहाँले भन्नुभयो, “सर्वोच्च अदालतको जे फैसला आउँछ त्यसलाई शिरोधार्य गर्ने छु ।”

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेट पास गराउन आफू सकारात्मक रहेको र यसका लागि प्रमुख प्रतिपक्ष दलको भूमिका पनि सकारात्मक हुनुपर्ने भन्दै मुख्यमन्त्री थापाले बजेट पास गराउने समय अझै पनि रहेकाले यसमा प्रतिपक्ष दलहरू गम्भीर हुुनुपर्ने प्रतिक्रिया दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।