यसरी नेपाली टिमलाई पाकिस्तानमा भिभिआईपी सुरक्षा

काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ ।

नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

नेपाली टिम फ्लाई दुबईको विमानमा आज कराँची पुगेको थियो । जहाँ कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका थिए ।

त्यसपछि अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा नेपाली टिमलाई होटलमा लगिएको छ ।

सुरक्षाको कारण देखाउँदै १० वर्षसमम्म अन्तर्राष्ट्रिय क्रिकेट टोली पाकिस्तान गएका थिएनन् । सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि पाकिस्तानमा आतंककारी आक्रमण भएको थियो । त्यसको झण्डै १० वर्षसम्म प्रतिस्पर्धी टिमले भ्रमण गर्न नमानेपछि पाकिस्तानले घरेलु मैदानमा खेल्न पाएको थिएन ।

सन् २००९ पछि एकै पटक सन् २०१९ मा मात्रै श्रीलंकाले पाकिस्तान भ्रमण गरेको थियो । त्यसपछि मात्रै अरु देशले पाकिस्तान गएर खेल्न थालेका छन् । यो वर्षको सुरुमा न्युजिल्याण्डको आतिथ्यता गरेको पाकिस्तानले अहिले घरेलु मैदानमा अफगानिस्तानसँग शृंखला खेलिरहेको छ ।

कराँचीमा पुगेको नेपालले कडा सुरक्षा घेरामा रहेर एक साता अभ्यास गर्नेछ, त्यस क्रममा नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्ने तालिका छ ।

कराँचीमा अभ्यास सकेर नेपाल घरेलु टिम पाकिस्तानसँग एसिया कप क्रिकेटको पहिलो खेल खेल्न मुल्तान पुग्नेछ । नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा खेल्नेछ ।

नेपालले समूह चरण अन्तर्गत पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुन लागेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।