उधारोमा ‘जाँचबुझ’ आयोग : निष्पक्ष छानबिन शंका

काठमाडौं । सरकार पक्ष र संसद्को प्रतिपक्षी कित्तामा रहेका राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा अनुसन्धान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्ने उधारो निर्णय भएको छ । सात दलहरूबीच बुधबार उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेपछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो ।

सुन काण्डका सन्दर्भमा सीआईबीलगायत राज्यका निकायहरूबाटै अनुसन्धान भइरहेको र ती निकायले अदालतमा अभियोजनपत्र बुझाएपछि मात्रै थप अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष सबै दलका शीर्ष नेताहरू सहमत भएर आगामी असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको नेपाली कांग्रेसका सचेतक रमेश लेखकले जानकारी दिए ।

जाँचबुझ आयोग बनाउने विषयमा सात दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका छन् । सरकारले जाँचबुझ आयोग बनाउने र निष्पक्ष छानबिन हुने कुरामा कसैले शंकाको दृष्टिबाट हेर्न नहुने धारणा राख्दै सचेतक लेखकले भने– ‘संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूको साझा सहमतिअनुसार भएको निर्णयलाई सबैले सकारात्मक रूपमा लिँदै कार्यन्वायनतर्फ लैजाने विषय हो । यसलाई शंकाको दृष्टिकोणबाट हेर्न हुँदैन ।’ उनले उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदनबाट प्रतिवेदनसम्मका लागि मात्रै काम नगर्ने दाबी गरे ।

उक्त प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरूकै नाम जोडिएको भए पनि उनीहरूमाथि सरकारले निष्पक्ष छानबिन गर्नेमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले शंका व्यक्त गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।