गायनमा सिम्रन परियारको चर्चा, मेला महोत्सवमा भ्याइ नभ्याई

गलकोट (बागलुङ), ७ भदौ : गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।

“गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भन्नुभयो, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।”

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउनुहुन्छ । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उहाँले भन्नुभयो । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताउनुभयो । केही दिनअघिसम्म गाउँघरमै सीमित उहाँको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहनुभएकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ । उहाँ पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल हुनुभएको छ । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो । उहाँको स्वरलाई धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् ।

परियारले ‘फूलथुङे रानी…’, ‘नाता टुट्यो पराइ भइगयो…’, ‘तिम्रो नै माया लाग्दछ साइँला…’, ‘फोटो फिरेममा…’, ‘फूलमया…’, ‘तीनपाते…’, ‘आफ्नो आफ्नो दुःख…’, ‘तिमीबिना कसले बुझ्छ र…’ बोलका गीत गाउनुभएको छ । “मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो”, उहाँले भन्नुभयो । गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गर्नुभएको परियारले सुनाउनुभयो । गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिनुभएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖