दीपाश्रीलाई दीपकको जन्मदिन शुभकामना : चोट मलाई लाग्दा तिमीले ऐया भनेको सुनेको छु

काठमाडौं । ‘छक्कापञ्जा’ फेम्ड निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला बिहीबार जन्मदिन मनाउँदैछिन् । उनको बर्थडेमा केक काट्ने कार्यक्रम त हुने भइहाल्यो । उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

यस्तोमा दीपाश्रीलाई दीपकराज गिरीको शुभकामना दिने शैलीले भने धेरैको ध्यान खिचेको छ । दीपकले फेसबुकमा दीपा र आफ्नो तस्वीर पोस्ट गर्दै दीपालाई आफ्नो जीवनकै उत्कृष्ट साथी भएको बताएका छन् ।

दीपालाई तीन दशकअघि पहिलोपटक भेट्दाखेरिको स्मरण गर्दै दीपकले दीपाको खुलेर प्रशंसा गरेका छन् । काव्य शैलीमा दीपकले लेखेको शुभकामना पोस्टमा दीपकले लेखेका छन्-

यो केटी त कस्ती घमण्डी, मैं हुँ भन्छे

बोल्न त परै जाओस् हेर्दा पनि हेर्दिन

आज भन्दा करिब तीन दशकअघि तिमीसँगको पहिलो भेट, मलाई आज पनि याद छ

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै विषय अनुमान गर्छौं

ठीक त्यस्तै तिमीप्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले

तर मलाई थाहा थिएन यो त्यही केटी हो

जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउँछे

जिन्दगीको खेलमा आफू हार्छे तर अरूलाइ जिताउँछे

मप्रतिको तिम्रो योगदानलाई त मैले

सिर्फ एक शब्दमा बुनेको छु

चोट मलाई लाग्दा तिम्ले ऐया भनेको सुनेको छु

कमजोरी पनि भनिदिन्छु

यहाँ हरेकको हातमा क्याल्कुलेटर छ

कहाँ फाइदा छ, कहाँ बेफाइदा छ

कहाँ जोर छ, कहाँ बिजोर छ

यस्तो दिमागै दिमागको सहरमा पनि

तिमी मनको कुरा गर्छौं

त्यसैले त तिम्रो हिसाब चाहिं अलि कमजोर छ

मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौं, करोडौं र अरबौं शुभकामना ।।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।