कसैले मलाई गोली हान्नसक्छ, आपत्ति छैनः केपी ओली

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देशका लागि राम्रो काम गर्दै गर्दा कसैले गोली हानेपनि आपत्ति नरहेको बताएका छन् ।

आज (बिहिबार) पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सरकारमा रहँदा कानुनको पाना पल्टाएर मात्रै निर्णय गरेको बताए ।

अहिलेको सरकारले एमालेलाई विभिन्न काण्डमा हुँदै नभएको कुरा ल्याएर जोड्ने दुस्प्रयास गरेको बताए । सरकारकै योजनामा अब कसैकसैले केपी ओलीलाई हत्कडी लगाइयो भनेर छाप्नसक्ने उनले बताए ।

‘कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो,’– उनले भने ।

आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदाका काम कारबाहीमा कानुन पल्टाइपल्टाइ निर्णय लिएको उनले बताए । कसैको इच्छाले केपी ओलीलाई फसाउन नसकिने उनको भनाई छ ।माकुराको जालोमा भैसी पर्दैन भन्ने सरकारमा रहेकाहरुले बुझ्न आवश्यक रहेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।