भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाउँदैछौं : मोन्टी देसाई

काठमाडौ । एसिया कप २०२३ को अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको कराँचीमा छ। बुधबार कराँचीमा पुगेको नेपालले त्यहाँ एक साता तयारी गर्नेछ। नेपालले बिहीबार कराँची पहिलो अभ्यास गरेको छ।

अभ्यासपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले एसिया कप खेलेर इतिहास बनाउने बताए।
‘हामीले एसिया कपका लागि तीन-चार महिनामा अभ्यास गरेका छौं। यस्तै एसिसी इमर्जिङ कपमा भारत र पाकिस्तानको ए टिमसँग खेल्यौं। राम्रो नतिजा नआए पनि हामीलाई राम्रो अनभुव प्राप्त भयो,’ उनले भने, ‘हाम्रो टिम युवा छ। खेलाडीले राम्रो एटिच्युटसँग खेलेका छन्। हामी यो प्रतियोगिता खेल्न लायक भएर छनोट भएका हौं। टिमले यो अवसरलाई सेलिब्रेट गर्नेछौं। भारत र पाकिस्तानसँग जस्ता ठूला टेस्ट राष्ट्रसँग खेलेर इतिहास बनाउँदैछौं। यो हाम्रो लागि अवसर पनि हो।

कराँचीमा अभ्यास गरेपछि नेपाल घरेलु टिम पाकिस्तानसँग खेल्न मुल्तान पुग्नेछ। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।