अनधिकृतरुपमा सञ्चालित सामाजिक सञ्जाल बन्द गराउँदै एमाले

काठमाडौ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।

पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिए ।

पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना हुने गरी बनाइएका अनधिकृत सामाजिक सञ्जाल पहिचान गरी बन्द गर्ने तयारी भइरहेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।