एक बल बाँकी छदा नसीम शाहले चौका हानेपछि पाकिस्तानको रोमाञ्चक जित

एजेन्सी । पाकिस्तानले अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै जितेको छ। बिहीबार दोस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको जित निकाल्दै सिरिजमा पाकिस्तानले २-० को अग्रता लियो।

श्रीलंकाको हम्बानटोटामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ३०० रन बनायो।
अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले १५१ रन र उनका ओपनिङ पार्टनर इब्राहिम जार्डानले ८० रन जोडे।

बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले २ विकेट लिए।
३०१ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल बाँकी छदा ९ विकेट गुमाएर पार गर्यो। अन्तिम ओभरमा पाकिस्तानलाई ११ रन चाहिएको थियो भने अन्तिम दुई बलमा तीन रन चाहिएको थियो, पाकिस्तानको एक विकेट मात्र बचेको थियो। जसमा अन्तिम ओभरको पाँचौ बलमा पाकिस्तानका नसीम शाहले चौका हान्दै पाकिस्तानलाई जिताए।

नसीमले नटआउट १० रन जोडे। त्यसअघि फखर जमानले ३० रन र इमाम उल हकले ९१ रनको योगदान दिए। कप्तान बाबर अजामले ५३ रन बनाउँदा शाहब खान ४८ रनमा रनआउट भएका थिए।

बलिङमा अफगानिस्तानका फारूकीले ३ विकेट लिँदा मोहमद नाबीले २ विकेट हात पारे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।