मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाण्डाै – मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ ।

आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महताे र सीता राना मगरले १/१ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्याे । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहँदै फाइनलमा पुगेकाे छ । मलेसियाले पनि ४ अङ्क जाेडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भाेलि शनिवार हुनेछ । भाेलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेकाे कुवेतबीच तेस्राे र चाैथाे स्थानका लागि खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।