सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर, ७ भदौ : नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त ग¥यो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए ।

द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ ।

देवीदल गणका लागि सिपाही दीपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल, पावर्ती थापा र पूजा खड्काले स्वण पदक दिलाए भने दोस्रो स्थान ओगटेको गोरखबक्सका लागि सिपाही नेत्रबहादुर मास्के मगर, प्युठ अशोक शाही, सिपाही प्रकाश श्रेष्ठ, प्युठ वसन्त बिसी र विश्वास श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी तृतीय भएको भैरवप्रसाद गणका लागि प्युठ विजय महर्जन र सिपाही सविता चौधरीले स्वर्ण पदक प्राप्त गरेका छन् । वीरभद्रजङ्ग गुल्मका लागि हिमाल खड्काले स्वर्ण पदक दिलाए ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । ट्रफीअन्तर्गत श्री नं ५ र २५ बाहिनीअन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबललगायत खेल सञ्चालन भएका थिए ।

नेपाली सेनाले खेलाडीमा सामूहिकताको भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फ्रेन्डसिप कुरालाई मनन गर्दै ट्रफी आयोजना गर्दै आएको छ । सुदूरपश्चिमबाट पृतनास्तरीय प्रतियोगिताबाट छनोट भएका विभिन्न खेलका खेलाडी प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिने नेपाली सेनाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।