पूर्व राष्ट्रपति पुत्र चन्द्रमोहनलाई लाग्याे पार्टीमा अन्तर्घात गरेको आरोप

जनकपुरधाम । पूर्व राष्ट्रपति डा रामवरण यादवका पुत्र डा चन्द्रमोहन यादवलाई पार्टीमा अन्तर्घात गरेको आरोप लागेको छ । नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ४(क) का क्षेत्रीय सभापति योगनारायण यादवले पार्टीका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्रमोहनविरुद्ध यस्तो आरोप लगाएका हुन् ।

पार्टीको एक कार्यक्रममा केन्द्रीय सदस्यले गरेको अन्तर्घात बारे बोल्न नदिएकोमा आपत्ति जनाउँदै उनले भने,‘रातदिन एक गरेर लागेर माया गरेर बनाएको पार्टीमा बोल्न नपाउनु दुःखद हो ।’ उनले पटक–पटक पार्टीको केन्द्रीय नेता डा.चन्द्रमोहनको अन्तर्घातको सिकार भई क्षेत्र नं. ४ मा पार्टीको उम्मेदवार चुनावमा हार व्यहोर्नुपरेको पार्टी नेता डा. शेखर कोइरालालाई सुनाए ।

‘हाम्रो सहमहामन्त्री महेन्द्र यादवलाई यो पटक पनि डा. चन्द्रमोहन यादवले खुलेयाम रूपमा हराएका छन्,’ उनले भने, ‘क्षेत्रमा चुनावको समयमा घुम्न जान आग्रह गरे पनि फुर्सद छैन भन्दै सहयोग गरेनन् । प्रदेश र प्रतिनिधिसभातर्फ रहेको हाम्रो दुवै उम्मेदवार जित्छ भनेर वहाँलाई भनेको थिए । तर, पनि वहाँले समय छैन भनेर आफ्नै पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो,’ उनले भने ।

पार्टीका शीर्ष नेता डा. शेखर कोरालासहित प्रदेशका मन्त्रीहरू जनकपुरधाम उपमहानगरपालिकाका मेयरसहितको उक्त बैठकमा बोल्दै उनले भने,‘प्रदेशसभा र प्रतिनिधिसभाबाट समेत उनलाई कारबाही गर्न सिफारिस गरेर पठाएका छौँ । तर, अहिलेसम्म त्यो कारबाईको केही पनि भएको छैन । अन्तर्घातीहरू शीर्ष नेताहरुसँगै घुमिरहेका छन् । यसले आम कार्यकर्तामा ठुलो ठेस पुगिरहेको छ ।’

विशेष अन्तरक्रिया अभियान अन्तर्गत जनकपुरधाम आएका डा शेखरलाई उनले पार्टीसँग गद्दारी गर्नेलाई कहिले माफी नपाउने व्यवस्था गर्न माग गरे । पार्टीसँग अन्तर्घात गरेकोलाई कारबाईको लागि भएको सिफारिस उपर छानबिन गरी कारबाही हुनुपर्ने उनले जोडदार माग गरे ।

धनुषा क्षेत्र नं. ४ मा रघुवीर महासेठसँग दोस्रो पटक पनि सहमहामन्त्री महेन्द्र यादव पार्टीकै शीर्ष नेताबाट भएको अन्तर्घातको कारण हारेको पार्टीका नेता कार्यकर्ताहरूको भनाइ छ । यस पटक उनी महासेठसँग १ सय २४ मतले हार व्यहोरनुप¥यो ।

जिल्लामा महासेठ श्रीमान् श्रीमती नै निर्वाचित भएका हुन् । एमाले नेता महासेठकी श्रीमति जुली कुमारी महतो धनुषा ३ बाट निवार्चित भएकी थिइन् । उनी तत्कालिन सत्ता गठबन्धनको साझा उम्मेदवार अनिल झालाई करिब १० हजार मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।