धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

९ भदौं, विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएकोले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको त

धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शनको तयारी गरेका छन् ।

प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर्भ गरेर गइरहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖