सत्ता गठबन्धनप्रति झलनाथ रुष्ट, पटक–पटक संविधान उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले पटक–पटक संविधान मिँचेर काम गरेको आरोप लगाएका छन् ।

आज (शनिबार) नेकपा एसको दोस्रो स्थापना दिवसका अवसर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने नाममा बनेको गठबन्धन सरकारले नै संविधान मिचेको टिप्पणी गरेका हुन् ।

‘संविधानको रक्षा गर्ने भन्ने हाम्रो जुन गठबन्धन छ, त्यही गठबन्धनले नै एकपछि अर्को गरेर संविधान उल्लङ्घन गरिरहेको छ । कोशी प्रदेशमा दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ,’– उनले भने ।

पार्टी विभाजनको औचित्य पुष्टिका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको उनले बताए । पार्टीभित्र गलत चिन्तन हुर्किदै गएको खनालको टिप्पणी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।