धरान: गौहत्याका आरोपीहरूमाथि अनुसन्धान अन्तिम चरणमा, पक्राउ गरी मुद्दा चलाउने तयारी

काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिओ युट्युबमा अपलोड गरेर उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद उब्जिएको हो ।

सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य व्यक्तिहरू परिचित होइनन् ।

प्रजिअ अधिकारीले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको बताइन् ।

‘धरौटीमा छुटेकाहरूमाथि मुद्दा दायर हुँदैछ । त्यसपछि भएको घटनामा संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको बताइन् ।

‘घटनाको वास्तविकता पत्ता लगाउन अलिकति समय लागेको हो, अब छिट्टै पक्राउ पूर्जी जारी गरेर मुद्दा दायर गरिनेछ,’ उनले भने ।

भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले बताइन् ।

‘मूल भिडिओ कसले खिचेको हो, त्यो पत्ता लगाउनुपर्‍यो । साँच्चै गोरुको मासु खाएका हुन् कि होइनन्, खाएका हुन् भने कहाँबाट ल्याए सबै बुझ्नुपर्ने हुन्छ । यसले गर्दा अलिकति ढिलाइ भएको हो । अब मुद्दा दायर गर्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन् ।

कति जनाविरुद्ध मुद्दा दायर हुँदैछ भन्ने उनले जानकारी दिन चाहिनन् । गोपनीयताका कारण को र कति जना यसमा संलग्न छन् भन्ने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाइ छ ।

नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ । तर, खुलेआम गाइगोरु काटेर सामाजिक सञ्जालमा प्रचारप्रसार समेत गर्नेहरूमाथि कारबाही नगरेको भनेर सरकार र प्रशासनको आलोचना भइरहेको थियो ।nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।