राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा घिमिरे

सुन्दरहरैँचा । सुन्दरहरैंचा ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।

नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकीलाइ चयन गरेको छ । कार्यक्रममा नव गठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियाे ।

अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानको सभा हलमा कार्यक्रम भएको थियाे । सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता र गतिशीलता भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीमा आवद्ध व्यक्तित्व , प्रतिनिधि लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ मोरङ अधिवेशन आयोजक कमिटीका संयोजक प्रविण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।