माओवादी र राप्रपाबीच लेनदेन : कोशीमा गठबन्धनलाई सघाउने, केन्द्रमा संसदीय समितिको सभापति

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच लेनदेनको राजनीति भएको छ ।

कोशी प्रदेशमा सङ्कटमा परेको सरकारलाई साथ दिन राप्रपा तयार भएपछि माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई दिएको हो । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हाे । सहमतिअनुसार अब कोशीमा राप्रपाले सरकारलाई समर्थन गर्नेछ भने सभामुख र मन्त्री पाउनेछ ।

कोशीमा राप्रपाका छ जना सांसद छन् । एक सिट नपुगेर कोशीमा सत्ता गठबन्धन हैरान भएको छ । गठबन्धनले सभाअध्यक्षको समेत मतको दुरुपयोग गरेर कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएको दाबी गरेको थियो । तर सर्वोच्चले भने थापाले पाएको विश्वासको मत संविधानसम्मत नभएको आदेश दिइसकेको छ ।

राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएकाे छ । यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।