युवा संघमा पार्टी हस्तक्षेप, संयोजकमा विक र सहसंयोजकमा पौडेल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा नेतृत्वका लागि विवाद चर्किँदै जान थालेपछि पार्टी नेतृत्वले हस्तक्षेप गरेको छ । आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले संघमा थप विवाद बढ्न नदिन अध्यक्ष नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक र उपाध्यक्ष नितेष पौडेललाई सहसंयोजक चयन गरेको हो ।

अध्यक्ष शाही प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री समेत हुन् । युवा संघमा दोहोरो जिम्मेवारी नदिने नीति रहेकाले शाहीलाई पार्टीले युवा संघबाट बिदा गरेको हो ।

शाहीलाई बिदा गर्दै महाधिवेशन आयोजक कमिटीको संयोजकमा विक र सहसंयोजकमा पौडेललाई चयन गरिएको सचिवालयका एक नेताले जानकारी दिए । साथै नयाँ नेतृत्वलाई फागुनभित्र महाधिवेशन गर्न पनि सचिवालयले भनेको छ । युवा संघमा शाही पक्ष र पौडेल पक्षले शनिबार छुट्टा छुट्टै भेला राखेका थिए ।

पौडेल पक्षले बानेश्वर र शाही पक्षले कालोपुलमा भेला राखेपछि नेतृत्वले हस्तक्षेप गरेको हो । यसैबीच युवा संघका सचिव फुर्वा लामाले पार्टी नेतृत्वले गरेको पछिल्लो हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले पौडेल पक्षको बहुमत हुँदाहुँदै सहसंयोजकमा सीमित गर्नु न्यायसंगत नभएको दाबी समेत गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।