कोशीमा राप्रपाले सभामुख र एक मन्त्रालयको जिम्मेवारी पाउने

काठमाडौं, ११ भदौ । कोशी प्रदेश सरकारमा राप्रपाले सभामुख र एक मन्त्री पाउने भएको छ । हिजो (आईतबार) प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार तथा विकास समितिको सभापति दिएर सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा राप्रपालाई सहभागी गराउन लागेको हो ।

नेकपा (माओवादी केन्द्र) को भागमा परेको उक्त समितिको सभापतिमा अन्तिम समयमा आएर राप्रपाका दीपक सिंहलाई उम्मेदवार बनाइएको हो ।

स्रोतले बताएअनुसार कोशीमा राप्रपालाई सभामुख र एक मन्त्री दिने सहमति बनेको छ । कोशी प्रदेश सभामा राप्रपाका छ जना सांसद छन् ।

यद्यपि कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन छ । कोशी प्रदेश सरकारलाई सर्वोच्चले दीर्घकालीन असर पर्ने र नीतिगत निर्णय गर्ने अन्तरिम आदेश दिइसकेको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि प्रश्न उठाउँदै रिट परेको हो । रिट निवेदको पक्षमा फैसला आएको खण्डमा पनि कोशी सरकारको अयु ३० दिनकोमात्रै हुने निश्चित छ । कोशी प्रदेशमा राप्रपा निर्णायक शक्तिको रुपमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।